गौरीगञ्ज आँखा उपचार केन्द्रको उद्घाटन साथै २ दिने निशुल्क शिबिर सम्पन्न

Mechi Eye Hospital Gaurigang

मेची आँखा अस्पतालको प्राबिधिक सहयोगमा माघ १७ २०८० मा  गौरीगञ्ज आधारभुत अस्पताल परीसरमा गौरीगञ्ज आँखा उपचार  केन्द्रको उद्घाटन भएको छ । मेची आँखा अस्पताल संघ का अध्यक्ष  श्री जल कुमार गुरुङ र गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष  श्रीमती फुलवती राजबन्शीले संयुक्त रूपमा शाखाको उद्घाटन गर्नुभएको छ । 

 

साथै गौरीगञ्ज आँखा उपचार  केन्द्रमा  सञ्चालन भएको दुइ दिने निशुल्क आँखा शिबिरमा ६ सय ५० आँखाका रोगीहरुको आँखा जाँच गरिएको छ। शिबिरको पहिलो दिन माघ १७, २०८०  ५० जना मोतियाबिन्दुको बिरामी र ३ जना आँखामा मासु पलाएका बिरामीहरुको गरि जम्मा ५३ जनाको सफल शल्यक्रिया गरिएको थियो भने दोश्रो दिन माघ १८ मा  ५७ जना मोतियाबिन्दुको बिरामी र ४ जना आँखामा मासु पलाएको बिरामीको गरि ६१ जनाको सफल शल्यक्रिया गरिएको  थियो । बिरामी को चाप अत्यधिक रहेको कारण आज माघ १९ गते  बाँकी रहेको ४९ जना बिरामीको शल्यक्रिया मा गरिदै   छ । 

Gaurigang Branch MEchi Eye Hospital
Eye Checkup Nepal Gaurigang
Gaurigang Eye Camp