भद्रपुर आँखा उपचार केन्द्र ,भद्रपुर ५ स्थित देविवस्तीमा असार ५ वुधवार देखि संचालन भएको शल्यक्रिया सहितको नि:शुल्क आँखा शिविर असार ७ गते शुक्रवार सम्पन्न भएको छ।सरिया परिवारको आयोजना तथा मेची आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा तिन दिने नि:शुल्क आँखा शिविर सञ्चालन भएको थियो।
आँखा शिविरमा ८ सय ५० जनाले सेवा लिएका छन् ।
शिविरको पहिलो दिन ३२ जना दोश्रो दिन ४२ र अन्तिम तथा तेश्रो दिन ४२ जना गरी जम्मा १ सय १६ जना मोतियाविन्दु र जलविन्दुका समस्या भएका विरामीहरुको नि:शुल्क अप्रेशन गरिएको छ ।

