गौरीगञ्ज आँखा उपचार केन्द्रको उद्घाटन साथै २ दिने निशुल्क शिबिर सम्पन्न
Mechi Eye Hospital > News > Uncategorized > गौरीगञ्ज आँखा उपचार केन्द्रको उद्घाटन साथै २ दिने निशुल्क शिबिर सम्पन्न
मेची आँखा अस्पतालको प्राबिधिक सहयोगमा माघ १७ २०८० मा गौरीगञ्ज आधारभुत अस्पताल परीसरमा गौरीगञ्ज आँखा उपचार केन्द्रको उद्घाटन भएको छ । मेची आँखा अस्पताल संघ का अध्यक्ष श्री जल कुमार गुरुङ र गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष श्रीमती फुलवती राजबन्शीले संयुक्त रूपमा शाखाको उद्घाटन गर्नुभएको छ ।
साथै गौरीगञ्ज आँखा उपचार केन्द्रमा सञ्चालन भएको दुइ दिने निशुल्क आँखा शिबिरमा ६ सय ५० आँखाका रोगीहरुको आँखा जाँच गरिएको छ। शिबिरको पहिलो दिन माघ १७, २०८० ५० जना मोतियाबिन्दुको बिरामी र ३ जना आँखामा मासु पलाएका बिरामीहरुको गरि जम्मा ५३ जनाको सफल शल्यक्रिया गरिएको थियो भने दोश्रो दिन माघ १८ मा ५७ जना मोतियाबिन्दुको बिरामी र ४ जना आँखामा मासु पलाएको बिरामीको गरि ६१ जनाको सफल शल्यक्रिया गरिएको थियो । बिरामी को चाप अत्यधिक रहेको कारण आज माघ १९ गते बाँकी रहेको ४९ जना बिरामीको शल्यक्रिया मा गरिदै छ ।