पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा सञ्चालित आँखा शिविरमा २६ जना मोतियाबिन्दुका बिरामीहरूको आँखाको शल्यक्रिया गरिएको छ।

२९ मंसिर २०७९ बिहीबार

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा सञ्चालित आँखा शिविरमा २६ जना मोतियाबिन्दुका बिरामीहरूको आँखाको शल्यक्रिया गरिएको छ।

दुई दिने शिविरमार्फत १ सय ५० जना आँखाका बिरामीको उपचार तथा परीक्षणसँगै चस्मा र औषधि वितरण गरिएको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित कुम्मायक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज वसन्त लिम्बूले जानकारी दिए।

मेची आँखा अस्पताल झापाका मेडिकल डाइरेक्टर डाक्टर पुरुषोत्तम जोशीको नेतृत्वमा रहेको ११ सदस्यीय चिकित्सक तथा प्राविधिकहरूको टोलीले आँखाको शल्यक्रिया, उपचार तथा परीक्षण गरेको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले जनाएको छ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङमार्फत फुङलिङमा डिचेन डोङला स्माकर आँखा उपचार केन्द्र, मेरिङदेन गाउँपालिका र आठराइ त्रिवेणी गाउँपालिकाको साझेदारीमा दोभान बजारमा दोभान आँखा उपचार केन्द्र, पाँचथरको कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारीमा यासोक बजारमा कुम्मायक आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन्।

पाँचथरकै याङवरक गाउँपालिकाको आर्थिक साझेदारीमा नेत्र ज्योति संघ ताप्लेजुङले थर्पु बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउन लागेको छ। याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेन लिम्बूले पुस १७ गतेबाट आँखा उपचार केन्द्र सञ्चालनमा आउने गरी तयारी थालिएको जानकारी दिए।

 

प्रकाशित: २६ मंसिर २०७९ १५:५० सोमबार

Event Details

Facebook